सामलिङ्ग पावरले आईपिओ निष्काशनको अनुमति पायो

काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) निर्माण गरिरहेको छ । उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं