Sunday, July 25, 2021

नेपाल समूह बिनै एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीमा नेपाल समूह फेरि पनि अनुपस्थित भएको छ ।

प्रधामन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएर चिसिएको नेकपा एकता प्रयास नेपाल समूहको उपस्थिति नहुँदा झनै शंकामा परेको छ ।

असन्तुष्ट माधव नेपाल पक्षले उठाउँदै आएको माग अनुसार नै बैठक बसे पनि नेपाल पक्षले एकलौटी रूपमा बैठक बोलाएको भन्दै अनुपस्थित रहेको बताइएको छ।

देउवालाई विश्वासको मत दिने सांसद पार्टीको सदस्य नरहने पार्टीको निर्णयको कारण पनि अब पार्टीले उनीहरूलाई कुन रूपमा हेर्छ भन्ने कुराको टुंगोमा एमाले अझै पुगेको छैन ।

विवाद कार्यदलमा सदस्य रहेका नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको बताए ।

विष्टले भने ‘हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गरिरहेका छौं ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं