Saturday, July 24, 2021

खारेज भयो भूमि सम्बन्धी समस्या समाधान आयोग

काठमाडौं – सरकारले दुई चरणमा भएको संसद विघटन पछिका राजनैतिक निर्णय खारेज गरेको छ ।

सरकारले गत वर्षको पुस ५ देखि फागुन ११ बीचमा भएका राजनैतिक निर्णय र यस वर्षको जेठ ८ देखि असार २८ बीच गरिएका केही राजनीतिक निर्णय सरकारले खारेज गरेको हो ।

खारेजीको पहिलो सिकार देवी ज्ञवालीको नेतृत्वमा भूमि सम्बन्धी समस्या समाधान आयोग बनेको छ । यसैगरी ११ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने तत्कालिन सरकारको निर्णय लगायत खारेजीमा परेका छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले नेकपा एमालेका नेता कार्यकर्ता भर्ति गर्न देशभरका ७७ जिल्लामा नै गठन गरिएको आरोप लाग्दै आएको थियो । आयोगले विभिन्न जिल्लामा काम समेत सुरू गरिसकेको थियो । यो निर्णयसँगै भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिहरु पनि खारेज भएका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं