Sunday, August 1, 2021

देउवाले पाए विश्वास मत

काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले मागेको विश्वासको मतमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेको माधव नेपाल समूह, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

विश्वासको मतको लागि आवश्यक १३६ मतमा उनको समर्थनमा १६५ मत आएको छ । उनले क–कसको पाए मत ?

नेपाली कांग्रेस : ६१ जना
माओवादी केन्द्र : ४८ जना
जनता समाजवादी पार्टी : ३४ जना
नेकपा एमाले (माधव समूह) : २० मत
राष्ट्रिय जनमोर्चा : १ जना
स्वतन्त्र सांसद : १ जना
मतदानका लागि जम्मा २ सय ४९ जनाको उपस्थिति थियो । विपक्षमा ८३ र तटस्थ १ रहेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं