Monday, August 2, 2021

श्रीमान ५ ले बनाएका प्रधानमन्त्री : ज्ञवाली


काठमाडौं–नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेर बहादुर देउवालाई पहिला श्री पाँचले न्याय दिएको र अहिले श्रीमान् ५ ले न्याय दिएर प्रधानमन्त्री बनाएको बताएकाछन् ।

ज्ञवालीले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा बोल्दै देउवा तीन–तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण समेत गरे ।

ज्ञवालीले भने, ‘तीन–तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ, इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विभाजनको शिकार हुनुहुन्थ्यो ।’

ज्ञवालीले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको बताए ।

उनले सर्वोच्चले संविधानको अनौठो व्याख्या गरेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं