Monday, August 2, 2021

एमालेको नेपाल समूह बिनै देउवा बहुमतमा

काठमाडौं–प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री देउवाले ठाकुर पक्षसँग पत्र लेखेरै मत मागेका थिए । प्रधानमन्त्री देउवाले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दैछन्। अहिले केहीबेरमा बैठक सुरू हुनेछ। उक्त बैठकमा प्रधानमन्त्री देउवाले रोष्टमबाट जसपाका माग पूरा गर्ने प्रतिवद्धता गर्ने उनले बताए।

योसँगै प्रधानमन्त्री देउवा एमालेको माधव समूहको मत बिनै बहुमतमा पुग्ने देखिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले भने प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने बताइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं