Sunday, August 1, 2021

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

सिन्ह्वा – चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत भएका छन् । उनीहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उनीहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गरेका थिए । यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताएका थिए ।

त्यस अवसरमा सिरियामा शान्ति र यहाँको विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताएका हुन् । सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेको भन्दै उनले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राखेका थिए ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं