९७ अंकले बढ्यो नेप्से

काठमाडौं – नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेको छ । आज आइतबार नेप्से सूचक ३.३७ प्रतिशतले बढेर २९८०.६१ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खरिद बिक्रिबाट ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९२ रुपैयाँको कारोबार भएको छ । जस मध्ये मन्जुश्री फाइनान्सको सबै भन्दा धेरै ४० करोड ९९ लाख बराबरको र नबिल बैंकको ३८ करोड ६३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सुचक बढेका छन् । जसमा विकास बैंक समुह ५.०५ प्रतिशतले तथा बैंकिंग समुह सबैभन्दा धेरै ४.७१ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं