Wednesday, August 4, 2021

थप १८ सय १ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । थप १८ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २८ पीसीआर परीक्षण र ३ हजार एन्टिजेन गरी जम्मा ९ हजार ६ सय २८ परीक्षणमा १८ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ सय ६७ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं