एमाले नेता रावलले बुझाए सांसद पदबाट राजीनामा


काठमाडौं–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट राजीनामा दिएकाछन् ।

उनले संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि पद्धतिलाई आफ्नो कुत्सित एवमं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी–निरकश किसिमले काम गर्ने अनैतिक चरित्रको घणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुने राजीनामापत्रमा रावलले उल्लेख गरेकाछन् ।

यस्ता विकृत तथा देश र जनताको हितविपरीतका क्रियाकलापका विरुद्ध जम्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम राजनीतिककर्मीको हैसियतले आफूले अधिकतम प्रयत्न पनि गरेको भन्दै पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपग्दा उच्च राजनीतिक नेतत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एबम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुने उल्लेख गरेकाछन् ।
‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हन श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलवाट आफलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’ उनले भनेकाछन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं