गान्धी आदर्शको आन्दोलन थप कडा बन्दै

काठमाण्डौं– नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाई समितिले विद्यालयको विषयमा मेयरले गरेका गलत निर्णय फिर्ता नभएसम्म आन्दोलन नछोड्ने बताएका छ।

इकाईको आयोजनामा शुरु भएको सप्ताहव्यापी आन्दोलनको तेस्रो दिन आइतबार पनि विद्यालय क्षेत्रमा मेयर विरुद्ध धर्ना र विरोध आयोजना गरेको छ । विरोध कार्यक्रममा बोल्दै इकाई सभापति अनिल थापाले आफुहरू वार्ताको लागि सधै तयार भएपनि मेयरले मनोमानी ढंगबाट निर्णय गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।

उनले भने ‘ अनावश्यक रुपमा र गैर कानुनी रुपमा शिक्षा ऐन संसोधन गरेर व्यवस्थापन समिति विघटन गर्न खोज्ने, प्रधानाध्यापकलाई गैर कानुनी रूपमा हटाएर आफनो कार्यकर्तालाई जागिर दिन खोज्ने मेयरको हर्कत विरुद्ध हामी उत्रेका हौं । विधानसम्मत काम गर्नुहोस हामी सहयोग गर्छौ । अन्यथा हामी तपाईको विरुद्धमा सधै रहन्छौ । ’

उनले मेयरले विद्यालयका बारेमा गरेका भ्रामक सुचनाका विषयमा संचार माध्यमहरुले समेत सत्य तथ्य पुष्टि गर्नुपर्ने अवस्था आएको बताए । ‘मेयरले संचार माध्यममा विद्यालयको खाता र प्रधानाध्यापकको विषयमा दिएको भ्रामक अभिब्यक्ति पुष्टि गर्न पनि म चुनौति दिन चाहान्छु । ’ उनले भने ।

आइतबारको विरोध कार्यक्रममा स्थानिय अभिभावक, विभिन्न राजनैतिक दलका नेता र कार्यकर्ता तथा पूर्व विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति थियो । सो विद्यालयका प्रधानाध्यापक गणेश चन्दले नगरपालिकाले वैधानिक निर्णय गरे आफुलाई मान्य हुने बताए ।

उनले भने‘ विधिसम्मत जो प्रधानाध्यापक आए म ससम्मान छाड्न र उहाँलाई स्वागत गर्न तयार छु । यत्रो बर्षदेखी आर्जन गरेको सम्मान गुमाएर म कसरी स्कुल छाडेर हिड्नु, मेयरले म माथी अन्याय गरे । यसमा मलाई दुख लागेको छ । ’

े विद्यालयको व्यवस्थापन समितिका सदस्य तथा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का इकाई सभापति भिम थापाले मेयरले विगत देखी अहिलेसम्म एक पछि अर्को गर्दै गैर कानुनी काम गरेको आरोप लगाए ।

उनले भने ‘ विद्यालयलाई राजनीति गर्ने र आफनो गुटको कार्यकर्ता पोस्ने थलो बनाउन खोज्नु गलत हो । ’

विद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य तथा समाजसेवी सानुभाई थापा (ओम गुन्जा)ले मेयरको हर्कतले आफुलाई पनि चकित पारेको बताए । उनले भने ‘ नाताले मेरो आफनै भतिज मेयरबाट यस्तो काम होला भन्ने लागेको थिएन, मलाई पनि दुख लाग्यो । बेलैमा गलत निर्णय सच्च्याउन म मेयर थापालाई आग्रह पनि गर्न चाहान्छु । ’

सप्ताहब्यापी आन्दोलन अन्तर्गत सोमबार पनि विहान ९ बजेदेखी विरोध कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् । सोमवार विहान स्थानिय अभिभावक र स्थानीय बासिन्दाको उपस्थितिमा विरोध कार्यक्रम गरिने सभापति थापाले जानकारी दिए । विरोध कार्यक्रममा स्थानीय बासिन्दाले दिएको समर्थनले आफू उत्साहीत भएको पनि थापाले जनाए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं