Saturday, July 24, 2021

कांग्रेस बरिष्ठ नेता पौडेल महाधिवेशन केन्द्रीत भेटघाटमा

काठमाडौं–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४ औं महाधिवेशनलाई मध्यनजर राख्दै आफू निकट नेतासँगको भेटघाटलाई तिव्रता दिएकाछन् ।

बरिष्ठ नेता पौडेलले आइतबार चावाहिल स्थित एक होटलमा तनहुँबाट प्रतिनिधित्व गर्ने प्रदिप पौडेल, गोविन्द भट्टराई, शंकर भण्डारी र धुव्र वाग्लेलाई भेटेका हुन् ।

पौडेलले समग्र तनहुँको बिकास निर्माण,मुलुकको राजनीति, पार्टीको आसन्न १४ महाधिवेशन को बारेमा छलफल गरेको पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

पौडेलले आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेको र नेताहरूले आफूहरू सकारात्मक रहेको तर अन्य नेताहरूसँग छलफल गर्न आग्रह गरेको अधिकारीले बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं