Sunday, July 25, 2021

घट्यो सुनको मूल्य

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ ।

तेजाबीको मूल्य पनि आज तोलामा ६ सयले नै घटेर ९२ हजार १ सय रुपैयाँमा झरेको छ । आज चाँदीको मूल्य पनि तोलामा एकैपटक २५५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय १० रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं