Sunday, July 25, 2021

एमाले फुट्दै, ओली पक्षीय स्थायी कमिटी बैठकले भन्यो, ‘ देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने’

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ।

आइतबार (आज) बसेको नेकपा एमालेको ओली पक्षीय स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन्।


‘यो निर्णयको विरुद्धमा गएर पार्टीमा बस्न सकिन्न, माधवकुमार नेपालले एक्लै भए पनि एउटा बिन्दुमा पुगेकाले प्रस्तावको पक्षमा मत हाल्ने कुरा गर्नुभयो।’ प्रवक्ता ज्ञवालीले भने ।

उनले माधव नेपालले आफ्ना समूहका कार्यदलका सदस्यको आग्रहलाई समेत नमानेको बताएकाछन् । ज्ञवालीले भने, ’आफू अल्पमतमा रहेका बहुमतको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने भन्नुभयो। पार्टी एकताबद्ध बनाएर लैजान तयार देखिनुभएन।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं