Saturday, July 24, 2021

विश्वासको मत दिनु कर्तव्य : नेतृ झाँक्री

काठमाडौं– नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले विश्वासको मत दिनु कर्तव्य भएको बताएकी छिन् ।
‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ।’ उनले भनेकी छिन् ।

संविधानको धारा ७६(५) को प्रधानमन्त्रीको लागि संघिय संसदका सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेको र १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेको उनको भनाइ छ ।

‘त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं।’ उनले भनेकी छिन्, ‘यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं