Saturday, July 24, 2021

भीम आचार्य भन्छन्, ‘विश्वासको मतमा पार्टी फुटाउने नियत’

काठमाडौं– नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएकाछन् ।

माधव नेपाल निवासमा छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताएका हुन्।

उनले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’

उनले विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल नभएको भन्दै मनलाग्दी ढंगले व्यक्तिगत रूपमा निर्णय गरे त्यो व्यक्तिगत हुने बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं