Saturday, July 24, 2021

अघिल्लो सरकारले नियुक्त गरेका ९ राजदुतको सिफारिस खारेज

काठमाडौं – सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ९ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो ।

प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो ।

राजदुतमा यी व्यक्ति सिफारिस भएका थिए :

श्रीलंकाका लागि रमेशचन्द्र पौडेल
दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा
रसियाका लागि जंगबहादुर चुहान
अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार
म्यानमारका लागि नारायणप्रसाद संग्रौला
ब्राजिलका लागि कुलप्रसाद नेपाल
डेनमार्कका लागि सुमित्रा सुवेदी
साउदी अरेवियाका लागि मेराज मुसलमान छन् ।

राजदुतमा बहराइनका लागि युवराज कार्कीलाई पनि नियुक्त गरेको थियो । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरिसकेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं