एमालेले मात्रै पार लाउने विश्वासको मत, कि देउवाले जसपाबाट पाए आश्वासन ?

काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले आज संसदमा विश्वासको मत लिन संसदमा प्रस्ताव दर्ता गरेकाछन् । प्रधानमन्त्री देउवासँग अहिले विश्वासको मत पाउनको लागि आवश्यक संख्या देखिन्न ,विश्वासको मत लिन उनले एमालेको मत तान्नुपर्ने हुन्छ ।

एमालेको संसदीय दलले विश्वासको मत नदिने निर्णय गरेको छ तर एमालको असन्तुष्ट पक्ष नेपाल समूहले देउवालाई सघाउने आशा उनमा छ । उक्त समूहकै बलमा देउवा प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री देउवाको पक्षमा अहिले नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका तर्फबाट मत सुनिश्चित छ । तर जसपाका सबैले मत दिने छैनन । जसपाका १७ सांसद महन्थ ठाकुरको पक्षमा देखिन्छन् ।

आवश्यक मत : १३६ जना
नेपाली कांग्रेस : ६१ जना (६३ मध्ये २ जना निलम्बित)
माओवादी केन्द्र : ४८ जना (५३ मध्ये ४ जना एमालेमा गएका)
जनता समाजवादी पार्टी : १७ जना ( ३४ मध्ये १७ जना यादव समूहमा खुेलेको)
राष्ट्रिय जनमोर्चा : १ जना
स्वतन्त्र सांसद : १ जना

यो तथ्यांक हेर्दा प्रधानमन्त्री देउवालाई अझै ८ मत पुग्दैन । त्यसको लागि जसपाको महन्थ ठाकुर पक्षको मत तान्नु पर्छ या त एमालेको माधव नेपाल समूहको मत पाउनुपर्ने हुन्छ ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गर्दा माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। ती २३ सांसदले नै देउवालाई मत दिए १ सय ५१ मत पुग्नेछ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरिसकेको छ। यस्तोमा माधव नेपाल समूहका सांसदहरूले देउवालाई मत दिए पनि उनीहरूलाई नेकपा एमालेले कारवाही गर्न पाउने छैन।

तथापी उक्त समूहले विश्वासको मत दिने निश्चित नभएको र आज सम्पन्न कार्यव्यवस्था समितिको बैठकमा आज विश्वासको मत नलिन एमालेले सुझाएको बुझिएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं