दुबै सदनका बैठक आज

काठमाडौं– प्रतिनिधी सभा र राष्ट्रिय सभाका बैठक आज (आइतबार) एकै समयमा अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लागि प्रतिनिधि सभाको आठौं अधिवेशन र राष्ट्रिय सभाको नवौं अधिवेशन आह्वान गरेकी थिइन्।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ। यीमध्ये बजेट सम्बन्धी ३ अध्यादेश थिए।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं