Sunday, July 25, 2021

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी

जनकपुर– नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भएको छ ।

प्रदेश २ सरकारमा माओवादी केन्द्रका तर्फबाट २ मन्त्री थपिएका छन् । उनीहरूले शनिबार शपथ ग्रहण गरेकाछन् ।

प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा संचार राज्य मन्त्रीमा भरतप्रसाद साह र आन्तरिक मामिला तथा संचार राज्यमन्त्रीमा रुवी कर्णले मन्त्री पदको पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त दुवै मन्त्रीको शपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएको थियो। तर शपथ ग्रहण समारोह डेढ घण्टा अबेर गरेर मात्रै सुरु भएको थियो। नवनियुक्त मन्त्री साहले शपथको भाषाको विषयमा कुरो नमिलेका कार ढिलो सुरु भएको थियो। मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए।

तर कानून अभावका कारण राष्ट्रिय भाषा नेपालीमा शपथ लिनुपरेको मन्त्री साहले बताए। शपथ ग्रहणलगत्तै उनले मातृभाषामा शपथसम्बन्धी अध्यादेश ल्याउने प्रतिवद्धता व्यक्त गरे।

Leave a Reply

ताजा खबर

यो पनि पढौं