Wednesday, August 4, 2021

२४ घन्टामा १८ सय ७५ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घन्टामा १८ सय ७५ जनामा कोरोना संक्रमित थपिएकाछन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६८ सय ५८ जनाको पिसिआर परीक्षणबाट १३ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ३२ सय ८ जनाको एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाबाट २४ घण्टामा २१ जनाको ज्यान गएकोे छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ सय २७ पुगेको छ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं