Sunday, July 25, 2021

जसपा संसदीय दलमा यादव मच्चिँदै, ठाकुर थ्याच्चिँदै

काठमाडौं– संसद पुर्नस्थापनासँगै संसदको मूल्य फेरि बढ्न थालेको छ । सर्वोच्चको फैसला पछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएर शेर बहादुर देउवा प्रधानमन्त्री बनेसँगै फेरि चहलपहल बढेको हो ।

जनता समाजवादी पार्टी (जसपा) भित्र लामो समय देखि विवाद छ । केही महिना अगाडि १२ जना मन्त्री बनाएर २० जना सांसद बोकेर गएका जसपाका अध्यक्ष महन्थ ठाकुर सर्वोच्चले विस्तारित मन्त्रिपरिषद् अस्वीकार गरिदिँदा खाली हात भए ।

संसद पुर्नस्थापना पछि जुर्मुराएका जसपा सांसदले भने अब कित्ता परिवर्तन गर्न सुरू गरेकाछन् । जसपका महन्थ पक्षका आधा दर्जन सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा गएको चर्चा छ । त्यसमा चार सांसदले कित्ता परिर्वतन गरेर बाहिर खुलिसकेका पनि छन् ।

पार्टी कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरू प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भए ।

यो सँगै जसपाको ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको आधा आधा भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं