Sunday, August 1, 2021

‘दाङको सुबिकाल (सहकाल) आइज, दुःखकष्ट र अनिकाल सबै दाङ देउखुरीमा बाइजा’

मुगु–साउने संक्रान्तिमा लुतो फाल्ने त हाम्रो परम्परागत चलन नै भयो । विशेष गरि साउने संक्रान्तिको दिन गाउँघरमा सााझको समयमा अगुल्ठो फाल्दै अरूको नाम लिएर लुतो फाल्ने गरिन्छ ।

तर कर्णालीमा दियालो (राँको) बाल्ने चलन छ । यस पाली पनि कर्णालीका सबै जसो जिल्लामा साउने संक्रान्तिको दिन घरको आगन तथा छतमा आगोको राँको (दियालो ) बालेर मनाए ।

सक्रान्तिको दिन गाउँमा बालिएको दियालोले गाउँ नै झलमल देखिएको थियो । दियोलो बाल्दा उक्त बोलेको दियालोलाई तीनपटकसम्म टाउको माथि घुमाएर ‘दाङ्गको सुबिकाल आईज , यहाँको दुःखकष्ट र अनिकाल सबै दाङ्ग देउखुरीमा बाईजा’ भन्ने अनौठो भाका र शैली प्रयोग गरि परापूर्वकाल देखि नै यो साउने संक्रान्ति मनाउँदै आएको जानकार पुरिलाल सावतले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं