एकनारायणको नमुनायोग्य काम : एक्लो प्रयासमा ‘फलफूलबाली अनुसन्धान’

कृषक न्यौपानेले आफ्नो फार्ममा ४२ जातका फलफूल लगाएकाछन् । उनी थप फलफूलको खोजीमा छन्

काठमाडौं– भनाइ छ, सबैले गरिरहेको काम फरक तरिकाले गर्दा त्यसमा छुट्टै मजा हुन्छ । त्यसले दिने सफलता असफलता दुबैमा आनन्द भेटिन्छ । त्यस्ता काम आफ्ना लागि सिकाइ र नमुनायोग्य हुन्छन् ।

यस्तै नमुनायोग्य कृषि व्यवसाय गरिरहेकाछन्, गोरखा आरुघाट–८ आरुपोखरी इजाराका कृषक एकनारायण न्यौपाने । सुन्दा नै नमुनायोग्य काम त्यो पनि नमुना फलफूल फर्मको नाममा ।

गोरखाको उत्तरी भागमा समुन्द्री सतहबाट ८ सय मिटर माथि रहको आरुपोखरीमा कृषक न्यौपानेले फलफूलमा संभावना देखें । उनले अरूले गरेको देखेर यसमा संभावना देखेका भने होइनन् । यस क्षेत्रमा बहुसंख्यक किसानहरू अन्न ,दाल, मसला बाली उत्पादन गर्छन ।

‘यस क्षेत्रमा फलफूल खेती गर्ने किसान नभएकोले हामीले फलफूलको आवश्यकता महसुश गर्यौं’ उनले भने, ‘हामीले सुरू गरेदेखि अरूले पनि फलफूल खेती गर्दै आएकाछन् ।’

कृषक न्यौपानेले २०७२ सालमा ५ लाख रुपैयाँ लगानी गरेर ५२ रोपनी क्षेत्रफलमा फर्म स्थापना गरेका हुन् । अहिलेसम्म उनको फार्ममा ४२ जातका फलफुल छन् ।

व्यवसाय भन्दा पनि ४२ जातका फलफूल माथिको उनको अनुसन्धान हो । उनी आफू पनि अनुसन्धान भन्न रुचाउँछन् । उनले भने, ‘जस्तो फलफूल पाउँछौं हामीले त्यसलाई परिक्षणमा राख्छौं ।’

अनुसन्धान गर्दा गर्दै पनि त्यसले आयआर्जनमा सघाउ त पुर्याउँछ नै । उनको फार्ममा अहिले आँप, भुँइकटहर, केरा, लिची , नासपाती , निबुवा , कालो ज्यामिर , सुन कागती , एभोगाडो , ड्रागन फ्रुड , जामुन ,उखु लगायत फलफुलबाट वार्षिक ३ लाखको हाराहारीमा आम्दानी गर्छन् ।

उनले भने, ‘अहिले पनि म नियमित रूपा दुई जना कर्मचारीलाई काम दिएको छु, आवश्यक पर्दा ज्यालामा कर्मचारी राख्नुपर्छ, छिटा फल्ने फलफूल र मसलावालीले आवश्यक खर्च व्यवस्थापनमा सहयोग पुराएको छ ।’

उनको फार्ममा माल्दा र आम्रपाली आँप गरि २ सय ५० बोट छन् , त्यस्तै लिची २ सय ५० बोट , विभिन्न जातका केरा, अनार २ सय बोट , ओखरका १० बोट, अँगुर , नरिवलका २ बोट, सुपारीका २ बोट, काजुका २ बोट , अलैँची, किवी , सुन कागतीका १३ सय बोट , भुईकटहर,उखु , मसला , पिँडालु , हलुवबेद , ओखर लगायत छन् ।

अहिले स्थानीय बजारमा उत्पदन पठाउने गरेका उनी आफ्नो बजार राष्ट्रिय स्तरमा विस्तार गर्न चाहान्छन् । उनले भने, ‘अहिले सम्म स्थानीय स्तरमा बजार राम्रो छ तर सोचेको जस्तो छैन, फलफूल पासिसके पछि बाटो र साधनको अभावले गर्दा वर्षे फलफूल बजारसम्म लैजान नसक्दा कति फलफुल बोटमै कुहिने गरेको छ ।’

अहिले उनको फार्ममा एभोगाडो ७० बोट , ड्रागन फ्रुइट २ सय ५० बोट र अमिलो जातको फलफूल अचारको लागि अनुसन्धान गर्दैछन् ।

उनको अनुसन्धानले आँप, लिची, केरा, भुँईकटहर र अमिलो जातका फलफूल राम्रो फलेको देखाएको छ । ‘राम्रो हुने भनेको आँप राम्रो फल्यो, लिची, केरा, भुईंकहर, अमिलो जात राम्रो हुन्छ । कागती, निमुवा, अमिलो लगायतका अमिलो जातका फलफूल भएको पाइएको छ ।’ उनले भने ।

उनको फार्ममा सुरू देखि नै पानीको समस्या छ , जुन सुरुको समय देखि कै समस्या हो । उनको पानीको समस्या समाधान गर्न कषि ज्ञान केन्दले ९०% अनुदानमा ६ लाख बराबरको पाइप उपलब्ध गराएको छ । तर त्यो पर्याप्त भने छैन । थप १० लाख सम्म लगानी गर्न सके समस्या समाधान हुने उनको भनाइ छ । उनी पानीको समस्या दीर्घकालिन रूपमै समस्या समाधान भएको हेर्न चाहान्छन् तर उनको समस्याको सुनुवाई कतैबाट नभएको उनको गुनासो छ ।

उनको अनुभवले हामी कृषिमा धेरै पछाडि परिसकेको महसुस हुन्छ। यस्तो अवस्थालाई चिर्न अनुसन्धान केन्द्र संचालन गर्ने उनको सपना हो । उनी आफूसँग भएको आधा जमिनमा व्यवसायिक फलफूल खेती गर्ने र बाँकीमा अनुसन्धानको काम अगाडि बढाउने सोंच छ ।

उनले भने, ‘२५–३० रोपनीमा जग्गामा निरन्तर अनुसन्धान केन्द्र संचालन गर्ने सोंचमा छु, यो फलफूलको बारेमा जानकारी लिने ठाउँ होस् ।’

यति ठूलो सपना बोकेका उनमा यो सोंच कुनै औपचारिक अध्ययन बिनै आएको हो । उनले जे गरेका छन्, त्यो गर्दै सिक्दै गर्दाको परिणाम हो । उनले तालिम लएको भनेका एक पटक किर्तिपुरका एक हप्ते नसर्री सम्बन्धी तालिम लिएका छन्।

उनी आफू मात्र हैन गाउँ नै हराभरा बनाउन चाहान्छन् । उनले भने, ‘अभियानलाई अगाडि बढाउन अन्य स्थनीय पाँच जनालाई फार्म दर्ता गर्न लगाएर तीन सय रोपनी जग्गामा फलफूल खेती गर्न समूह मार्फत सक्रियता देखाएको छौं । उनीहरूलाई यसपालि निशुल्क वेर्ना समेत वितरण गरें ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Latest Posts

spot_img

अहिले