Sunday, July 25, 2021

केही गरे पार नलाग्ने एमाले विवाद मिलाउन फेरि सक्रिय दोस्रो तहका नेता

काठमाडौँ – १० बुँदे सहमतिले पार नलाएको एमाले विवाद अब कुन मोडमा जान्छ अन्योलतामा अल्झिएको छ । कार्यदलका सदस्यले आफ्नै हस्ताक्षरमा जारी सहमतिलाई ओलीले स्वीकारे पनि अर्का वरिष्ठ नेता माधव नेपालले सुरू देखि नै अस्वीकार गरे । सहमतिको लागि हतार गरेका भनेर आलोचना गरेका बरिष्ठ नेता अगाडि नसरे पनि उनी निकट नेताहरू भने सक्रियता देखाइरहेकाछन् ।

शुक्रबार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक राखे । तर दुबैमा नेपाल–खनाल समूहको उपस्थिति रहेन । स्थायी कमिटीको बैठकमा बैठक रोक्न पुगेका नेपाल निकट नेताको माग सुनुवाइ भएन उल्टो कार्यदल भंग गर्ने निर्णय भयो ।

सर्वोच्चको निर्णय पछि आर्कोशित बनेका ओलीले नेपाललाई कुनै पनि हालत ने स्वीकार गर्न नसकिने बताउन थालेकाछन् । बालुवाटारबाट बालकोट पुग्दा उनले नेपाललाई गद्धारको संज्ञा दिए । उनले अरूको बारेमा भने सोंच्न सकिने बताएका थिए ।

नेपाल प्रति कडा अरु नेता प्रति नरम बनेका ओलीलाई नेपाल–खनाल समूहका दोस्रो तहका नेताले पछ्याउन छाडेका छैनन । अझै पनि समाधान निकाल्न कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रियता देखाएकाछन् ।

शनिबार बिहान सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।

शुक्रबार आफूहरुको आग्रह अनुसार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित नगरेपछि नेपाल पक्षका नेताहरु निराश भएका थिए। उनीहरूले पार्टी फुटलाई टार्न नसक्ने स्थितिमा पुगेको उनीहरुले बताएका थिए। नेता नेपालसँग उनीहरुको लामो संवादसमेत भएको थियो।

Leave a Reply

ताजा खबर

यो पनि पढौं