Wednesday, August 4, 2021

सकिन थाले खोप केन्द्रमा खोप , सरकार भन्छ, ‘पालो अनुसार लगाऔं, १५ गते भित्र ३२ लाख डोज खोप आउँछ’

काठमाडौं– खोपको अत्याधिक माग बढेसँगै विभिन्न खोप केन्द्रमा खोप अभावका सूचना आउन थालेका छन् ।

अत्याधिक भीडको कारण सुरूको दिनमै खोप सकिन थाले पछि सरकारलाई खोप व्यवस्थापनमा समेत चुनौती देखिएको छ ।

यसैबीच सरकारले साउन ६ गतेबाट चीनबाट खोप आउन सुरू गर्ने र १५ गतेसम्म ३२ लाख खोप आइसक्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिले खोपको अभाव भएको समाचार आएको भन्दै सरकारले तोकेको मापदण्ड र प्राथमिकताको आधारमा खोप संचालनको लागि सहयोग गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ आफ्नो पालो अनुसार परिचय खुल्ने कागजात सहित खोप लगाउन जान र अरूको पालोमा भीडभाड नगर्न नगराउन अनुरोध छ ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं