Wednesday, August 4, 2021

मनकारी नगरप्रमुख, घरमा निशुल्कः कार्यालय व्यवस्थापन

महोत्तरी– महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुख सञ्जिव कुमार साहले आफ्नो घर निशुल्क नगर कार्यपालिकाको कार्यालय सञ्चालनलाई दिएकाछन् ।

उनले भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् । उनको घरमा २० कोठा छन् ।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

“नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशीले भने, “ अब मासिक रु ६० हजार बचत हुने भयो ।”

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक ६० हजार रुपैयाँ लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए। कार्यालयको नयाँ भवन आव २०७८÷०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं