Sunday, August 1, 2021

गान्धी आदर्शमा मेयर थापाले हस्ताक्षेप गरेको भन्दै कांग्रेस आन्दोलित

काठमाण्डौं–कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गान्धी आदर्श माध्यामिक विद्यालयमा अनावश्यक राजनैतिक हस्तक्षेप गर्न खोजेको भन्दै नेपाली कांग्रेस विरोधमा उत्रिएको छ ।

नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाईले गान्धी स्कुलमा भएका पछिल्ला घटनाक्रमलाई लिएर विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । यसै क्रममा शुक्रवार विहान इकाईको आयोजनामा गान्धी स्कुलको प्राङगणमा विरोध कार्यक्रमको आयोजना गरेको हो ।

सो इकाईका सभापति अनिल थापाका अनुसार मेयर थापाले शिक्षा ऐनलाई गैर कानुनी रुपमा संसोधन गर्दै विद्यालय व्यवस्थापन समिति विघटन गर्ने र प्रधानाध्यापकलाई समेत हटाउने खेलो गरेको आरोप लगाए ।

गान्धी आदर्श माध्यामिक विद्यालयको व्यवस्थापन समिति दुई बर्ष अगाडि तिनै थापाको समर्थनमा राधेश्याम खड्काको अध्यक्षतामा गठन भएको थियो । उनको कार्यकाल अझै एक वर्ष बाँकी छ ।

विद्यालयमा पत्र प्राप्त नभएपनि नगरपालिकाले विज्ञप्ती मार्फत ब्यवस्थापन समिति विघटन गरिएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक गणेश चन्दलाई समेत हटाएको भन्ने अपुष्ट जानकारी बाहिर आएको सभापति थापाले जानकारी दिए ।

नेकपा एमालेको पनि एक निश्चित गुटका कार्यकर्तालाई जागिर दिनका लागी प्रधानाध्यापक चन्दलाई हटाउन मेयरले चलखेल गरेको आरोप थापाको छ ।

उनले भने‘ विद्यालयमा राजनैतिक हस्तक्षेप गर्न खोज्ने कुनै पनि क्रियाकलापलाई हामी छाड्दैनौं, हामी जस्तो सुकै आन्दोलन गर्न पनि तयार छौ । त्यसैले आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मेयर थापाले लिनुपर्छ ।’

इकाई सभापति थापाले भने, ‘मेयरले संचार माध्यमहरुको समेत दुरुपयोग गरि विद्यालयका बारेमा भ्रामक र कपोल्कपित सूचना दिनुभएको छ।’ मेयरले जनतालाई मात्र होइन संचार माध्यमलाई समेत गुमराहमा राख्ने दुस्साहस गरेको सभापति थापाको आरोप छ ।

उनले भने, ‘उहाँलाई झुटको खेती गर्न निकै आउने रहेछ, मेयरले विद्यालयका बारेमा गरेका भ्रामक सूचनाका विषयमा संचार माध्यमहरुले समेत सत्यतथ्य पुष्टी गर्नुपर्ने अवस्था आएको छ । त्यसैले त्यो विषयमा अनुसन्धान गरिदिनु होला । ’

इकाईले एक सातासम्म विद्यालय क्षेत्रमा विरोधका कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । विरोध कार्यक्रमबाट पनि समस्या सम्बोधन नभए कडा आन्दोलन गर्ने पनि सभापति थापाले चेतावनी दिए ।

मेयरले विद्यालयका बारेमा गरेका सवै निर्णय तत्काल फिर्ता लिनुपर्ने माग उनीहरूको छ । यता मेयर थापाले भने, ‘कुनै पनि हालतमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम खड्का र प्रधानाध्यापक चन्दलाई हटाएरै छाड्ने बताएका छन् ।’

मेयर थापा विरुद्ध शुरुवात देखी नै नेपाली कांग्रेसले आन्दोलन गर्दै आएको थियो । तर मेयर थापाले कांग्रेसले उठाएका कुनै पनि एजेन्डालाई लिएर सकारात्मक बनेका छैनन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं