चीनले १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं– चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं