Saturday, July 24, 2021

४३ जनाको मृत्यु, १७ सय ७५ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । थप २ हजार ९ सय ३६जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ पीसीआर परीक्षण र ४ हजार ५ सय ६९ एन्टिजेन गरी जम्मा १४ हजार १ सय ८२ परीक्षणमा २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७५ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं