Sunday, July 25, 2021

एमालेमा गठित कार्यदल विघटन, कार्यदलले गरेको निर्णय कार्यान्वयन हुने

काठमाडौ– नेकपा एमाले भित्रको विवाद समाधानको लागि ठठित कार्यदललाई आज सम्पन्न स्थायी कमिटी बैठकले विघटन गरेको छ । विवाद मिलाउन गत जेठ २ मा कार्यदल बनाएको थियो ।

त्यस्तै बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय समेत गरेको छ। बैठकमा ओली पक्षीय स्थायी कमिटी सदस्य मात्र उपस्थिति थियो ।

त्यस्तै बैठकले कार्यदलले गरेको १० बुँदे निर्णयलाई अनुमोदन समेत गरेको छ । ‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ।’ एमाले प्रवत्ता प्रदिप ज्ञवालीले भने, ‘कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ।’

बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसमेत गरेको छ। तर बैठकले सर्वोच्च अदालतको फैसलाई स्वीकार्ने निर्णय भने गरेको नेता ज्ञवालीले जानकारी दिए ।

आजको बैठकमा नेपाल–खनाल समूहका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्दै पुगेका थिए।

कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए। तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै अस्वीकार गरेका थिए।

Leave a Reply

ताजा खबर

यो पनि पढौं