Sunday, July 25, 2021

हिट्लरी नाजीवाद-फासीवादसँग मिल्दोजुल्दो ओली प्रवृत्ति : डा.भट्टराई

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले आफू सत्तामा नरहे आकाशै खस्ने ओली प्रवृत्ति लुम्बिनीमा देखिएको बताएकाछन् ।

‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ!’ यनले भनेकाछन्, ‘आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ।’

लुम्बिनीमा सरकारमा बहुमत नपुग्दा आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गराउन नसकेका लुम्बिनी प्रदेशकका मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्यका लागि सिफारिस गरि बिहीबार मध्यरातमा अन्त्य गर्न गरेको सिफारिसका आधारमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेकाछन् ।

बिहिबार मुख्यमन्त्री शंकर पोखरेल आफैंले पटकपटक छलफलबाट बजेट पारित गर्न आग्रह गरेका थिए। विपक्षीले मतदानबाट टुंग्याउन प्रस्ताव गर्नासाथ मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद बाहिरएका थिए।

Leave a Reply

ताजा खबर

यो पनि पढौं