Wednesday, August 4, 2021

संसद बैठकबाट भागेका मुख्यमन्त्रीले गरेर रातारात संसद अधिवेशन अन्त्य


बुटवल– सरकारमा बहुमत नपुग्दा आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गराउन नसकेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्यकाको लागि सिफारिस गरेकाछन् ।

उनले बिहीबार मध्यरातमा अन्त्य गर्न गरेको सिफारिसका आधारमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्।

बिहिबार मुख्यमन्त्री शंकर पोखरेल आफैंले पटकपटक छलफलबाट बजेट पारित गर्न आग्रह गरेका थिए। विपक्षीले मतदानबाट टुंग्याउन प्रस्ताव गर्नासाथ मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद बाहिरएका थिए।

सत्तारूढ एमाले समर्थित नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित स्वतन्त्र सांसद अजय शाही सम्पर्कविहीन भएपछि सरकारको बजेट पारित नहुने अवस्था उत्पन्न भएको थियो। एक जना मन्त्रीसमेतले विपक्षमा मत दिने चर्चा थियो। सरकार अल्पमतमा परेको भन्दै विपक्षीले बहुमत सिद्व गर्न भनेका थिए।

संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने गृहकार्य थालेको छ। असारमै बजेट पारित गर्न सरकार असफल भएकाले बजेट अस्वीकृत भएको विपक्षी दलका नेताहरु बताउँछन्।

Leave a Reply

ताजा खबर

यो पनि पढौं