Monday, August 2, 2021

१० दिन थपियो निषेधाज्ञा, उपत्यकामा सार्वजनिक साधन अत्यावश्यक काममा भित्रन पाउने

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय साउन १ देखि १० गतेसम्मको लागि थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप गरिने निर्णय गरेकाछन् ।

यी संचालन हुनेछन् :

–औषधि व्यवसाय निर्वाध रूपमा संचालन हुने ।
– खाद्यान्न फेन्सी, स्टेशनरी लगायतका पेशा व्यवसाय साँझ ७ बजेसम्म संचालन गर्न पाइने ।
– अत्यावश्यक अनलाइन अर्डर, रेष्टुरन्ट एवं फास्टफुड तथा अर्डर टेक अवे मार्फत होम डेलिभरी गर्ने गरि उपत्यकामा ७ बजेसम्म डेलिभरी गर्ने ।
– उपत्यकामा सार्वजनिक सवारी साधानको हकमा कुल स्वीकृत सीट क्षमतामा संचालनमा ल्याउने ।
– सफा टेम्पो र निलो माइक्रोले ९ जना यात्रु लिएर संचालनमा ल्याउन पाउने ।
–अत्यावश्यक अवस्थामा उपत्यका भित्रिएका सवारी साधनलाई आवतजावत गर्न दिने ।
–निर्माण ढुवानीका साधन राती ९ बजे देखि बिहान ५ बजेसम्म संचालन गर्ने ।

परीक्षा के हुन्छ ?

– २५ जना भन्दा बढी भेला नहुने गरि सामाजिक दुरी कायम गर्दै सुरक्षाका मापदण्ड अपनाएर गरेर परीक्षा संचालन गर्ने , त्यस भन्दा बढी भए सिफ्ट छुट्याउने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं