Sunday, August 1, 2021

एमाले गुटमा प्रतिस्पर्धा : युथफोर्सलाई टक्कर दिन अखिल फोर्स

काठमाडौं– नेकपा एमाले नेपाल–खनाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

एमालेको ओली समूहले युर्थ फोर्स जन्माएर पार्टीका बरिष्ठ नेता माधव नेपाललाई देश निकाला र मृत्युदण्डको दिनुपर्छ भन्दै हिँडिरहेको बेला अखिल फोर्स जम्किएको हो ।

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो।

तपेन्द्रजंग शाहीको नेतृत्वमा ५ सय १ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । उनले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताए।

उनले ओली समूहबाट भएको देखाइएको बक्र दृष्टि अन्त्य गर्न अखिल फोर्स जन्माएको बताए । उनले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरुलाई गाली गरिरहेको भन्दै उनीहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गरे।

उनले भने, ‘अब माधव नेपालहरुप्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो। यसका लागि अनेरास्ववियु लाग्छ। यो अखिल फोर्सले एउटा काम गर्नेछ, ती साइबर स्यालहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियुले गर्नेछ। अखिल फोर्सले गर्नेछ।’

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरु बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं