Sunday, July 25, 2021

३३ जना को मृत्यु, संख्या १७ सय ५७ संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पीसीआर परीक्षण र ४ हजार ५ सय १२ एन्टिजेन गरी जम्मा १२ हजार ७ सय ६८ परीक्षणमा २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ५७ रहेको छ । यो संगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं