Wednesday, August 4, 2021

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं – मुगुकाे छायाँनाथ रारा नगरपालिका-१ घाटस्थित सडकमा क.१ ज ३२ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका-३ ईम बस्ने १९ वर्षीय धिर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका जिप चालकको प्रहरीले खोजी गरिरहेको जनाएकाे छ ।

यस्तै गुल्मीकाे रेसुङगा नगरपालिका-४ अर्खलेस्थित सडकमा भे.१ च १९४३ नम्बरको जिप र लु.५५ प ७०८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने पाल्पा तानसेन नगरपालिका-१४ घर भएका ३२ वर्षीय सुजन पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनालाई समेत उपचारको लागि सोही अस्पताल पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं