एमाले संसदीय दलको बैठक शुक्रबार

काठमाडौं – नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं