Wednesday, August 4, 2021

वैदेशिक रोजगारमा जानेलाई ‘जोन्सन एन्ड जोन्सन’ खोपको व्यवस्था गर्न पहल

काठमाडौं – कोभिड विरुद्धको खोप नलगाइ श्रम गन्तव्य राष्ट्रमा जाने कामदार मारमा परिरहेका छन् । उनीहरू गन्तव्य मुलुकमा पुगेर क्वारेन्टाइनमा बस्दा एक लाखसम्म खर्च गरेर बसी रहेकाछन् ।

यो अफ्ठ्यारो चिर्न श्रम मन्त्रालयले जोन्सन एन्ड जोन्सनको खोप बलियो विकल्प भएको जनाएको छ ।

एक पटक लगाए पुग्न यो खोप लगाउन पाए कामदार झन्भटमा मुक्त हुने भन्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई विदशे जाने श्रमिकलाई ‘जोन्सन एन्ड जोन्सन’को खोप दिन आग्रह गर्दै पत्र लेखेको छ ।

मन्त्रालयका अनुसार चीनको भेरोसेलको खोपालाई धेरैजसो श्रम गन्तब्य मुलुकले मान्यता दिएका छैनन् । तर, खोपको मात्रा पुरा गरेर नजाने श्रमिकलाई १ लाखसम्म तिरेर क्वारिन्टिन बस्न बाध्य पारिरहेका छन् ।

जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाए हुने अवस्था रहेकाले पनि विदेश जानेलाई सोही खोप दिने व्यवस्था गर्न आग्रह गरिएको पत्रमा उल्लेख छ ।

यसअघि सरकारले विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय लिएको थियो । तर, यसको मात्रा पुरा गर्न दुई पटक दिनुपर्ने र अधिकांश देशले सो खोपलाई मान्यता पनि नदिएकाले जोन्सन एन्ड जोन्सन माग गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं