Sunday, July 25, 2021

जोर बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउने तयारी

काठमाडौं – अब उपत्यका बाहिर जाने सवारी साधन पनि चल्ने भएका छन् । सरकारले उपत्यकाबाट लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज विहीबार अपरान्ह ४ बजे बस्ने र निषेधाज्ञा साथै लामो दूरीका सार्वजनिक यातायात संचालन दिनेबारे निर्णय गर्न लागेको हो ।

कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण लामो दूरीको सवारी साधन चलाउन रोक लगाइएकोमा अब जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न दिने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

निषेधाज्ञा रिन्तर भएपनि अब थप खुकुलो हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं