Wednesday, August 4, 2021

विप्लवले एमाले नेता नेपाललाई पनि भेटे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालसँग भेट गरेकाछन् ।

बुधबार विप्लवले प्रचण्डसँग भेट गरेका थिए । उनको पछिल्लो भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । प्रचण्डले पछिल्लो समय पूर्व माओवादी एक ठाउँ ल्याउने अभियानमा जुटेका छन् । उनी २०६२ सालको माओवादीमा भएकाहरूको एकतामा जुटेको बताइन्छ ।

एमाले भित्रको विवाद समाधान उन्मुख भनिए पनि सरकारबाट केपी शर्मा ओली बाहिरिए पछि झनै संकट देखा परेको छ । उनले नेता नेपाललाई पार्टीमा ठाउँ नभएको सार्वजनिक रूपमा बताइरहँदा नेता नेपालको अन्य बाम घटकसँगको भेटघाटले नेपाल शक्ति संचयको अभियानका जुटेको देखिन्छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं