Wednesday, August 4, 2021

पत्रकार नेपालीलाई ‘युवा पत्रकारिता पुरस्कार–२०७८’

युवा तथा खेलकूद मन्त्रालयद्वारा हरेक वर्ष प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार राधा नेपाली (अर्घाखाँची) लाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालकी केन्द्रीय सदस्य नेपाली लामो समयदेखि ‘तरङ्ग राष्ट्रिय पाक्षिक’ मा आबद्ध छिन्।

यहाँ आज आयोजित समारोहमा सोही पुरस्कार पत्रकार डोलराज रानाभाट (इमेज च्यानल, चितवन), अजयकुमार शाह (अप्पन टेलिभिजन, सिरहा) र शिवकुमार अधिकारी (जनता टेलिभिजन, धनुषा) लाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि जनही ५० हजार रूपैयाँ छ । पुरस्कार प्रदान गर्दै मन्त्रालयका सचिव केदार न्यौपानेले युवा पत्रकारबाट पत्रकारिताका माध्यमबाट मुलुक निर्माणमा अझ सशक्तरुपमा सहयोग पुग्ने अपेक्षा गरे । उनले युवाका विषयलाई आमसञ्चार माध्यमले कम मात्रामा मुद्दा उठाउने गरेकाले युवा पत्रकारले नै प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं