Sunday, August 1, 2021

पूर्व माओवादी एकताको अभियानमा जुटेका प्रचण्ड र विप्लव भेटघाट

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको छ ।

प्रचण्ड र विप्लवबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि गत वर्ष २१ फागुनमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । शान्तिपूर्ण राजनीतिमा आउने क्रममा विप्लवले आफ्ना नेता–कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता, बन्दी रिहाइलगायत सहमति गरेका थिए ।

प्रचण्डकोसँगको भेटमा ओली सरकारसँगको सहमतिको कार्यान्वयनलाई निरन्तरता दिन सहजिकरण गर्न र पछिल्लो समय पूर्व माओवादी जुटाउने अभियानमा रहेका प्रचण्डसँग सहकार्यको अनुमान गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं