Sunday, July 25, 2021

नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेकी हुन् ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

एपको बेटा भर्सन सार्वजनिक गरेपछि प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल यो एप एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आईओएसमा समेत विस्तार गरिने जनाइएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं