Saturday, July 24, 2021

ओली सरकारले जाँदा जाँदै गरको निर्णय कार्यान्वयन देउवाको टाउकोमा, लामो दुरीको भाडा बढ्यो

काठमाडौं– सरकारले अन्तर प्रदेश भइ संचालन हुने सार्वजनिक यातयातमा लाग्ने भाडा दरमा वृद्धि गरेको छ । यातयात व्यवस्था विभागले सार्वजनिक सवारी भाडामा समायोजन गरि २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको जानकारी दिएको हो ।

विभागले यातयात श्रमिकको पारिश्रमिक, इन्घन, टायर, व्याज, संचालन खर्च, संचालन मुनाफा लगायतलाई सूचक मानेर मूल्य वृद्धि गरेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको विभागको सूचनामा उल्लेख छ ।

वृद्धि भए अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं