Wednesday, August 4, 2021

१८ जनाको मृत्यु, थप २९ सय ५ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । थप २९ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ पीसीआर परीक्षणमा २ हजार १० जना र ४ हजार ९ सय १६ एन्टिजेन परीक्षणबाट ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ सय ६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ जना रहेका छन् ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २ सय ९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं