Sunday, July 25, 2021

लावालस्कर सहित बालकोट पुगेका ओलीले भने, ‘गद्धारी गरेका माधव नेपाललाई पार्टीमा ठाउँ छैन’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेकाछन् ।

उनी प्रधामन्त्री निवास बालुवाटारबाट सुरक्षाकर्मी र सरकारी गाडि सहित बालकोट गएका हुन् । उनलाई युथ फोर्स निकट दजनौं मोटरसाइकल तथा गाडिले स्कटिङ गरेर बालकोट पुराएका थिए ।

बालकोट पुगेर ओली आफ्नो नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सुनाए । पार्टीका बरिष्ठ नेता माधव नेपाल माथि खनिएका ओलीले नेता नेपालको गद्धारीका कारण यस्तो अवस्था आएको बताए ।

‘हाम्रै पार्टी भित्र घुसपैठ यस्तो भयो, पार्टीका कमजोर र विमाउ तत्वहरू प्रतिकृयावादीमा पछि पछि लागेर पार्टीका विरुद्ध र जनताको विरुद्ध लोकतन्त्रका विरुद्ध आफ्नै सरकार ढाल्नका लागि विरोधीसँग लागे’ उनले भने, ‘अरु नेता आत्मआलोचना गरेर आउनसक्छन्, तर माधव नेपाललाई कुनै ठाउँ छैन । ’

Leave a Reply

ताजा खबर

यो पनि पढौं