Saturday, July 24, 2021

एमाले उपाध्यक्ष रावललाई पोल खोल्न मन, एकता रोक्न कसले दियो धम्की ?

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले एकता रोक्न केही राजनीतिक दलका नेताहरूबाट दवाव र धम्कीपूर्ण फोन आएको बताएकाछन् ।
बुधबार विज्ञप्ति जारी गर्दै नेता रावलले कसले धम्की दियो भनेर खोलेका त छैनन तर पोल खोल्ने मनस्थिति भएको भने बताएका छन् । उनले भनेका छन्, ‘नेकपा एमाले कतै विभाजनबाट रोकिने पो भयो कि भनि कतिपयले देखिने र बुझिने गरि लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लाग्छ ।’

दुई पाने विज्ञप्तिमा उनले यसबीचमा आफूले ‘रअ’ का एजेन्ट भेटेको र पार्टी अध्यक्षसँग कार्यवहाक अध्यक्ष बन्न बार्गेनिङ गरेकोमा सत्यता नभएको बताएका छन् ।

उनले भनेकाछन्, ‘पद प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकट तर्फ धकेल्नेहरूले नै मेरो विरुद्ध उक्त प्रकारको झुटो प्रचार घृणित तहमा झरेर गरेका हुन् ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं