फरार भनिएका गच्छदारको सुटुक्क अदालतमा ‘इन्ट्री’

काठमाडौं – ललिता निवासको सरकारी जग्गा प्रकरणमा म्याद नबुझी फरार भएका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार एकाएक विशेष अदालतमा हाजिर भएकाछन् ।

उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि भाग्दै आएका गच्छदार आफ्नो पार्टीको सरकार बने पछि भने सुटुक्क अदालत हाजिर भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन्। भ्रष्टाचारको मुद्दा लागेपछि उनको सांसद पद निलम्बन भएको थियो ।

विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत हराएका उनी कसरी बाहिर देखिए ? साँच्चै हराएर यस अघि खोज्न नसकिएको, अब भेट्छन् भनेर डराएको हो कि, अब फैसलामा सहज हुने आशा हो ?

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं