Saturday, July 24, 2021

५ बजे देखि ८ बजेर २० मिनेटसम्म कालयोग भएका कारण देउवाले सपथ लिएनन् !

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलबार प्रधानमन्त्री बने ।

उनले सपथ लिने क्रममा नियुक्त गर्दा धारा नखुलेको भन्दै विवाद बाहिर आयो र मिले पछि सपथ ग्रहण पनि गरियो । तर भारतीय मिडियाले भने अचम्मको कुरा लेखेकाछन् ।

आजतकले अरु विवरण खोल्दै देउवाको काल योग रहेको कारण समयमा सपथ नलिएको भन्दै यस्तो लेखेको छ :

नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा पूजा पाठ, ज्योतिष, तन्त्रमन्त्र मा धेरै विश्वास गर्छन् ।

एक ज्योतिषीले देउवालाई सात पटक प्रधानमन्त्री बन्ने योग रहेको बताएका थिए ।

देउवा अहिले पाचौं पटक प्रधानमन्त्री बनेकाछन् । अफ्ना ज्योतिषीको सल्लाह अनुसार उनले महत्वपूर्ण निर्णय लिन्छन् ।

साँझ ५ बजेदेखि ८ बजेर २० मिनेटसम्म काल योग रहेको कारण उनले ८ बजेर २५ मिनेट गएपछि सपथ ग्रहण गरेका हुन् ।

उनलाई उपयुक्त समयसम्म पुराउन अलग अलग बहाना बनाइयो र जब ८ बजेर २० मिनेटमा सपथ ग्रहणको समय सुरू भयो प्रोटोकल नमिलेको भन्दै ढिला गरियो त्यति बेलासम्म काल योग चुकेको थियो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं